उर्दू भाषालाई कामकाजको भाषाको मान्यता दिन माग

Muslim news

काठमाडौ । नेपालमा उर्दू भाषालाई सक्रिय कामकाजको भाषाको रुपमा मान्यता दिन मुस्लिम संघ संस्थाहरुले माग गरेका छन् ।

राष्ट्रिय मदरसा संघ नेपाल दर्ता नं.४३५२८ का राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनीअल कूफी र राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलानामसहूद खाँ ले भाषा आयोगका प्रमुख डा.लभ अवस्थीलाई भेटी उर्दू भाषालाई सक्रिय कामकाजको भाषाको रुपमा मान्यता दिन माग गरेको हो ।

साथै उनीहरुले विद्यालयदेखि विश्वविद्यालयसम्म उर्दू भाषालाई मान्यता दिएर लागु गर्न, नेपालभरीका सबै निकायहरुमा उर्दू भाषामा कामकाज गर्न गराउन लगायतका ५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

ऊर्दू बोल्ने क्षेत्रहरु जिल्लाहरुको आधारमा र राज्यमा उर्दू भाषाको एउटा भाषा आयोग बन्नुपर्ने, उर्दू भाषामा ऐकेडेमिक डिग्रीहरु जस्तै मेडिकल, ईंजिनियरिङ, कला, कानूनहरु हुनुपर्ने माग अघि सारेको छ ।

प्रतिकृया दिनुहोस