ओली-मोदी भेटवार्ता : रक्सौल-काठमाडौं रेलको इन्जिनियरिङ अध्ययन गर्न सम्झौतापत्रमा हस्ताक्षर

Oli and modi02

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

राजधानीको सोल्टी क्राउज प्लाजामा भएको द्विपक्षीय भेटमा रक्सौल-काठमाडौँ रेल सञ्चालनको इन्जिनियरिङ अध्ययन गर्ने समझदारीमा पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताका अनुसार इन्जिनियरसँगै ट्राफिकको विषयमा पनि अध्ययन हुने भएको छ । आज भएको भेटमा नेपाल(भारतबीचको सम्बन्धको विषयमा पनि छलफल भएकव भारतीय विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस