भारतीय प्रधानमन्त्री मोदी नफर्किँदै विपक्षी दलका नेता गान्धी पनि काठमाडौंमा

Rahul gandhi

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत नफर्किँदै त्यहाँका विपक्षी दलका नेता कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं अवतरण गरेका छन् ।

मान सरोवर भ्रमणका निम्ति हिँडेका गान्धी इन्डिगो विमानमार्फत काठमाडौं आइपुगेका हुन् । उनी नीजि भ्रमणका क्रममा नेपाल मार्ग हुँदै मानसरोवर जान लागेका हुन् ।

भारतमा चुनाव नजिकिएका बेला गान्धीले प्रधानमन्त्री मोदीमाथि राजनीतिक प्रहार गरिरहेका थिए । हिजोमात्र गान्धीले राफेल प्रकरणमा पत्रकार सम्मेलन गरी मोदीविरुद्ध अभिव्यक्ति दिएका थिए ।

प्रतिकृया दिनुहोस