काठमाडौंबाट १५ बर्षीया किशोरी बेपत्ता

Nikki parajuli

काठमाडौं । बानेश्वर मिलनचोक देवकोटा मार्गबाट १५ बर्षीया किशोरी निक्की पराजुली हराएकी छन् ।

गत साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर देवकोटा मार्गस्थित घरबाट बाहिर निस्किएकी थिइन् । उनी भ्याली भ्यू बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् ।

छोरी आफ्नै कोठमा बसिरहेकी थिइन् । हामी अर्को कोठामा बसिरहेका थियौँ, निक्कीका बुबा निलकण्ठ पराजुलीले भने, पछि हेर्दा उनी कोठमा थिइनन् । आफन्त, साथीभाइ तथा चिनजानका सबैसँग सोधपुछ गरिएको तर उनी नभेटिएको पराजुलीले बताए ।

हल्का गहुँगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पाइन्ट र टिसर्ट लगाएर घरबाट कसैलाई केहि नभनी निस्किएकी उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस