यस्तो छ १८ बुँदे बिम्स्टेकको काठमाडौं घोषणापत्र

Bimstek ktm 15

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलन १८बुँदे कठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

काठमाडौँ सम्मेलनबाट बडापत्र जारी गर्न संयन्त्र निर्माण गर्ने सहमतिमा सदस्य राष्ट्रहरु पुगेका हुन् । सन् १९९७ मा बैंककमा स्थापना भएको यो संगठन बैंकक घोषणापत्र र सदस्य राष्ट्रहरुको आपसी समझदारीमा अघि बढ्दै आएको थियो ।

भारतले सन् १९९२ मा लिएको ‘लुक इस्ट’ नीति र थाइल्याडको ‘लुक वेस्ट’ नीतिअन्तर्गत रहेर सन् १९९७ मा बंगलादेश, भारत, श्रीलंका र थाइल्याड सम्मिलित सदस्य राष्ट्रहरुले बिम्स्टेक निर्माणमा सहमति जुटाएका थिए ।

सोही वर्ष म्यानमार पनि सदस्य भएपछि बिम्स्टेक भएको संगठन २००४ मा नेपाल र भुटानको संगठनमा औपचारिक प्रवेशपश्चात् बिम्स्टेक नामकरण गरिएको हो ।

घोषणापत्रका प्रमुख बुँदाहरु
–बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।

–स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।

–बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।

–बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।

–बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।

–अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।

–यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।

–यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।

–बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने

–बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।

–अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।

–आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।

–जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।

–बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।

–साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।

–कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।

–जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन संयन्त्रहरु निर्माण गर्न सहमत ।

–बुद्ध सर्किट बनाउन सहमत ।

–सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।

–पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।

–भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

प्रतिकृया दिनुहोस