कञ्चनपुरमै फेरि अर्की किशोरी बलात्कृत, बलात्कारी फरार

Rape icon nayapatrika

कञ्चनपुर । बिहीबार राति कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छन् ।

इलाका प्रहरी कार्यालय बेल्डाँडीमा पीडितले दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको स्वीकारे ।

‘म आफैं अहिले घटनास्थलमा आएको छु’, उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ उनका अनुसार प्रहरीले अहिले पीडित युवतीको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको छ ।

कडायतले पीडक ‘आइडन्टिफाइड’ रहेको भन्दै उनीहरुको खोजी जारी रहेको बताए । प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए र मोटरसाइकलमा लगेर सामुहिक बलात्कार गरेका थिए ।

 

प्रतिकृया दिनुहोस