प्रदेश नं.२ मा आइतबार सार्वजनिक बिदा

Holiday

काठमाडौं । आइतवार १७ गते प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णाय गरेको छ ।

विहिवार वसेको मन्त्रीपरिषदको वैठकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश नं. २ ले सार्वजनिक विदा दिने निर्णाय गरेको हो ।

प्रदेश नं. २ मा वहुसंख्यक रुपमा हिन्दु धर्म मान्ने मानिसको वसोवास रहेकाले हिन्दु धर्मावलम्बीहरुको महान चाड परेकाले विदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

श्री कृष्ण जन्माष्टमीलाई कंशको अत्याचारवाट मानव जातिलाई मुक्ति दिनको लागि वासुदेव र देवकीको आठौं भगवान विष्णुको आठौं अवतारका रुपमा जन्म दिएको हुँदा यस दिनलाई भगवान श्री कृष्णको जन्मदिनको रुपमा मनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस