दाईले गरे आफ्नै बहिनीको बलात्कार !

Dai le bahini lai gare rape

गुल्मी । तिनाउँ–५ चर्चरेको जंगलमा दाजुबाट बहिनी बलात्कृत भएको भनिएको घटनाका पछाडी पछिल्लो चरण केहि चर्चाहरु पनि चल्न थालेका छन । ति बलात्कृत भनिएकी युवतीका नजिकका आफन्तसंग बुझ्दा उनि आफु खुसी भागी विवाह गरेर गुल्मीबाटै गुल्मीको कुर्घा पुगेकी थिईन । केहि दिनपछि थाह पाएर ठुलो संख्यामा त्यहाँ पुगेका दाजु भाईहरुले जवरजस्ती छुटाएर त्यहाँबाट हिडाएका थिए ।

बिच बाटोमा आई उनका सहोदर दाजुहरुले माईती तर्फ फर्काउन खोज्दा अर्का काकाका छोरा दाजुले बुटवल उसको दिदी कहाँ लगेर केहि दिन राखौं भनेर ढिपी गरे । त्यसो भए हामी सवै जनाले लगेर बुटवल छोडौन त भने अरुले । जुन अहिले वलात्कार अभियोगमा पाल्पा जिल्ला कारागारमा पुर्वक्षका लागि थुनामा छन उनले पर्दैन, सवै जान, के जन्ती जानेहरु र ? भन्दै आफु एक्लैले मोटर साईकलमा लगेर साउन ७ गते त्यसतर्फ हिडाए ।

ति युवतीले परिवारलाई बताए अनुसार निज दाजुले पाल्पादेखि बुटवल पुग्ने बेलासम्म विचमा मदिरा सेवन गर्ने, वहिनीलाई पनि जवरजस्ती पिउन लगाउने गरे र, सडक छेउँका जंगल जंगलमा रोक्दै दुई तिन पटक वलात्कार गरे । राती करिव ११ वजेको समयमा बुटवलको दिपनगरका रहेकी उनकी दिदीकहाँ उनिहरु दुवै जना पुगे ।

ति दाजु भनाउँदा रातको २ वजेसम्म पनि पुनः वलात्कार गर्ने मनसायका साथ भित्र सुतेकी वहिनीको ढोका वाहिर उभिएर ढोका हानी रहे । राती नै पख तलाई जेल हाल्नै पर्यो भन्ने आवज वहिनीबाट आयो । दिदीसंग ति दाजुले गरेका सवै हर्कतहरु खोलिन ।

अर्को दिन पाल्पा पुगेर जिल्ला प्रहरी कार्यालय मार्फत ति वहिनीले दाजु विरुद्ध जवरजस्ती करणीको मुद्धा दिईन । प्रहरीले वहिनीको गोपनियता समेत खुल्ने हुँदा बलात्कार आरोपी ति पुरुषको समेत नाम र नजिकको ठेगाना गोप्य राखेको छ ।

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी विनोद घिमिरेले निज आरोपीलाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको जानकारी दिए । उनले भने–‘ हामीले नाम विवरण गोप्य राखेका छौं । ३४ बर्षिय ति पुरुषले १७ बर्षिया ति युवतीलाई चर्चरेमा वलात्कार गरेको भन्ने जाहेरीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस