बिमस्टेकको दोस्रो दिन बहुपक्षीय बैठक जारी

Bimstec 2nd datys

काठमाडौँ । बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक जारी छ ।

सम्मेलन स्थल होटल सोल्टीमा सबै सात सदस्य राष्ट्रका प्रमुख कार्यकारीहरु आफ्नो प्रतिनिधि मण्डलका साथ बैठकमा छन् ।

यो बैठक पछि संयुक दस्तावेजमा हस्ताक्षर गर्ने छन् र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा नेपालका प्रधानमन्त्री केपी ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी छन् ।

प्रतिकृया दिनुहोस