जुगेडी पुलबाट कार तल खस्दा दुई जना घाइते

Accident 300x204

चितवन । आज बिहान काठमाडौँबाट दाङ जाँदै गरेको कार जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् ।

बिहान ७ बजेतिर बा१७ च२२१ नं. को कार आफँै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएको छ ।

पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस