बालिका हत्याको विरोधमा क्लवले गरायो बजार बन्द

Mahottari 15

महोत्तरी । आठ महिने बालिकाको हत्याराकोे कारवाहीकोे माग गर्दै गौशाला सामुदायिक युवा क्लबले शुक्रबार महोत्तरीको गौशाला बजार बन्द गराएको छ ।

बन्दका कारण वर्दिवास जलेश्वर सडकखण्डमा सवारीसधान अवरुद्ध भएको छ ।

औरही नगरपालिका १ की ८ महिने बालिका सोनाली चौधरीको हत्या भए पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै शुक्रबार एक दिनको लागि बजार बन्द गराएको हो ।

शुक्रबार साँझ बालिकाको सम्झनामा गौशाला बजारमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष विटुप्रसाद साहले जानकारी दिए ।

गएको आइतबार पसलमा ग्राहकको रुपमा आएका भंगहा ७ का २५ वर्षीय भरत साहले स्थानीय सिद्धान्त फेन्सी स्टोर्सका संचालक सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली चौधरीलाई अपहरण गरि हत्या गरेको प्रहरीले पुष्टि गरेको थियो ।

बालिकाको शव सोमबार दिउँसोको समयमा चौरमा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस