फोटो सेसनपछि बिम्स्टेक सम्मेलन सकिने

Bimstec 15

काठमाडौं । निकै ठूलो तामझामका साथ काठमाडौंमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गरेर समापन हुनेछ ।

कार्यतालिकानुसार बिहान ८ बजे होटल सोल्टीमै रिट्रिट हुदैँछ । सम्मेलन १० बजेर ३० मिनेटमा औपचारिक रूपमा सुरु हुनेछ । मध्याह्न १२ बजे बिम्स्टेक शिखर सम्मेलन काठमाडौं घोषणापत्र पारित गरिनेछ । १२ बजेर २० मिनेटमा सामूहिक फोटो सेसनपछि पत्रकार सम्मेलन गरी सम्मेलन समापन हुनेछ ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हशिना, म्यानमारका राष्ट्रपति विन मिन्टऽ थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा , भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना सहभागि छन् ।

४ राष्ट्र प्रमुख आजै फर्किँदै
सम्मेलन सकिएसँगै सदस्य राष्ट्रका सरकार प्रमुखमध्ये ४ जना आज स्वदेश फर्किने भएका छन् । भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज स्वदेश फर्किन लागेका हुन् ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक भोलि र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस