निकुञ्जले मान्छे मार्ने बाघलाई लिए नियन्त्रणमा

Tiger within

चितवन । चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ ।

दक्षिण चितवनको माडीमा रहेको बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर शुक्रबार नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

यही भदौ ७ गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जितबहादुर राईलाई आक्रमण गरेर मारेको बाघलाई नियन्त्रणमा लिइएको हो ।

अन्दाजी १० वर्षको भाले बाघलाई निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो । बिहानदेखिको ठूलो कसरतपछि मात्र बाघ समातिएको डा गैरेले बताए ।

छ वटा हात्तीको प्रयोग गरेर विगत पाँच दिनदेखिको प्रयासमा बाघ समातिएको हो । यसअघि बाघ नियन्त्रणमा ल्याउन पाडो राखेको भए पनि पाडो खाइसक्दा समेत समाउन सकिएको थिएन । बाघलाई चितवन निकुञ्जको खोरमा ल्याएर राखिनेछ ।

प्रतिकृया दिनुहोस