दाहालले किन गरे बिना मगरको किर्ते हस्ताक्षर ?

Bina magar

काठमाडौं । भिआइपी सिम कार्ड निकाल्न मन्त्री कै नागरिकता र हस्ताक्षर नै किर्ते गरिन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

तर, भिआइपी सीम कार्ड निकाल्न खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको हस्ताक्षर र नागरिकता किर्ते गरिएको रहस्य खुलेको छ ।

मन्त्री मगरको नागरिकता र हस्ताक्षर नै किर्ते गरेर सीम निकाल्दै गरेको अवस्थामा दोलखाका सन्जीव दाहाल पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कागजातको प्रतिलिपिसहित सिमकार्ड झिक्दै गर्दा पक्राउ गरेको छ ।

दाहालले यस अगाडि पनि यस्तो काम गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस