सकियो बिमस्टेकको उद्घाटन कार्यक्रम

Bimastek 14 1

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको उद्घाटन सत्र सकिएको छ ।

सो सम्मेलनको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष राष्ट्रका हिसावले बिहीबार दिउँसो साँढे ३ बजे उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन सकिएपछि वर्णानुक्रम अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचाले १५–१५ मिनेट मन्तव्य राखेका थिए ।

मन्तव्य राख्ने क्रममा श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचाले आफ्नै देशको भाषामा बोलेका थिए ।

प्रतिकृया दिनुहोस