ललितपुरमा टिपरले दुईवटा कारलाई ठक्कर दियो

A

काठमाडौं । ललितपुरको एकान्तकुनामा टिपरले दुईओटा कारलाई ठक्कर
दिएको छ ।

बल्खुबाट सातदोबाटोतिर गइरहेको मिनी टिपरले विहीबार दुईवटा कारलाई ठक्कर दिएको छ । टिपरको टक्करबाट दुईवटा कारमा क्षति पुगे पनि कारमा सवार सबैजना सकुशल छन् ।

बा १ ख ९०४९ नम्बरको मिनी टिपरले ठक्कर दिँदा बा ९ च ४० नम्बरको कारको अगाडिको भागमा क्षति पुगेको छ । सो कारमा नेपाल टिम्बर कर्पोरेसनका पूर्वजीएम गणेश उपाध्याय र उनकी श्रीमती चढेका थिए ।

त्यसैगरी टिपरको ठक्करबाट पल्टिएको अर्को बा १६ च ९२९८ नम्बरको कारको पछाडिको भाग क्षतिग्रस्त बनेको कारमा सवार कमल मादेनर्ले जानकारी दिए ।

ठक्कर दिने टिपरका चालक अमरबहादुर बिकलाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस