फरार अभियुक्त २१ वर्षपछि पक्राउ

Pakrau tukhabar 11

वीरगञ्ज । बाराबाट २१ वर्षदेखि फरार अभियुक्तसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका-२१ बस्ने रामचन्द्र थापा मगर, बारा निजगढ नगरपालिका-५ का भीरबहादुर थापा र ९ बस्ने उमेश आलेमगर पक्राउ गरेका हुन् ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले गाउँमा लुकिछिपी बसेको अवस्थामा सवारी ज्यान मुद्दामा २१ वर्षदेखि फरार रामचन्द्र थापा पक्राउ परेका हुन् ।

वि.स. २०५४ जेठ १४ गतेको बारा जिल्ला अदालत कलैयाले सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै ४ महिना कैद र १ हजार जरीवानाको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौले जानकारी दिए ।

बारा जिल्ला अदालत कलैयाले अपहेलना र जालसाजी मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेपछि भीरबहादुर र उमेश फरार थिए ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई गाउँबाटै नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका तीनै जनालाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा उमेश आले मगर जरिवाना रकम भुक्तान गरी छुटेका छन् भने र कैद सजाय भुक्तान गर्न भीरबहादुर थापा र रामचन्द्र थापा मगरलाई वीरगञ्ज कारागारमा पठाइएको छ ।

प्रतिकृया दिनुहोस