मामालेनै ११ वर्षीया भान्जीलाई बलात्कारपछि गरे हत्या !

Mama ghati

भोजपुर । भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ ।

साल्पासिलिछो गाउँपालिका–६ सालेवामा गएराती खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी वर्ष ११ की रचना राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताए ।

सञ्जयसँगै सुतेकी बालिकाको बलात्कारपछि आमाबुबाले थाहा पाउने भएपछि बालिकाको हत्या गरेको हुनसक्ने डीएसपी थेवेले बताए ।

आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएका मृतक बालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आएको स्थानीय दिक्पल राईले बताए ।

बालिकाको हत्या गरेको आरोपमा सञ्जयलाई गएराति नै प्रहरीले पक्राउ गरेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लैजान लागिएको छ ।

प्रतिकृया दिनुहोस