विद्यालय गइरहेका बालक बेपत्ता

Bepatta

काठमाडौं । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट विद्यालय जान हिँडेका बालक बेपत्ता भएका छन् ।

धनुषा जिल्लाको नगराइन नगरपालिका-२ का १४ वर्षिय बालक हेमन्तकुमार चौधरी सोमबार आफ्नो घरबाट जलेश्वर नगरपालिका-९ परिकौलीमा अवस्थित दामोदर एकेडमीमा पढ्नका लागि गइरहेका बेला बेपत्ता भएका हुन् ।

बेपत्ता विद्यार्थीको खोजीका लागि विशेष अभियान चालेको तथा उनको खोजतलाश व्यापक रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस