झापामा स्कारपियो दुर्घटना: एकको मृत्यु, चारको अवस्था गम्भीर

Accide

झापा । यात्रुबाहक स्कारपियो दुर्घटनामा एकको ज्यान गएको छ ।

जनकपुरवाट काँकडभिट्टा जाँदै गरेको स्कोरपियो गाडी सोमबार झापाको झिलझिलेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् ।

मे१ च४५३३ नम्बरको स्कारपियो तीब्र गतिमा रहेकाले चालकले नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन ।

गम्भीर घाइतेको झापाकै बिएन्डी अस्पतालमा उपचार भइरहेको छ । यात्रुलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार एकैपटक तीनवट टायर पड्किएपछि दुर्घटना भएको थियो ।

घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेका छन् । प्रहरीले सवारी चालकलाई नियन्त्रण्मा लिएको छ ।

प्रतिकृया दिनुहोस