खोलाले बगाएर दुईको मृत्यु

Dead body

जाजरकोट । हाट बजारबाट फर्किने क्रमम शनिबार खोलाले बगाएर डोल्पामा दुई जनाको मृत्यु भएको छ ।

शे-फोक्सुण्डो गाउँपालिका-४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा तथा छार्का ताङसोङ गाउँँपालिकाका एक युवालाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिए ।

तिब्बतको क्याटो र मरिम्लामा लाग्ने हाट बजार वर्षमा एक पटक लाग्ने गर्छ । यस वर्ष गत साउन २५ गतेदेखि यहि भदौ १० गतेसम्म हाट बजार लागेको थियो ।

प्रतिकृया दिनुहोस