कमला नदीमा नुहाउँने गएका तीन जना बेपता, खोजी कार्य जारी

Kamla nadi

सिरहा । शनिबार साँझ कमला नदीमा नुहाउने क्रममा तीन जना बेपत्ता भएका छन् ।

सिरहा गोलबजार ४ का १४ वर्षीय मन्जय महरा, १५ वर्षीय राहुल महरा र अर्नामा गाउँपालिका ५ का १९ वर्षका कृष्ण कुमार महतो बेपत्ता भएका छन् ।

उनीहरु शनिबार कमला नदीमा स्नान गर्न गएका थिए । कमला नदीको बन्दिपुर क्षेत्रमा पानीको वहाव बढेर तीनैजनालाई बगाएको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए ।

तीनै जनाको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ । भारतीय सहर जयनगरको प्रहरीसँग समन्वय गरेर पनि खोजी जारी रहेको एसपी श्रेष्ठले बताए ।

सिरहा र धनुषाको बीचबाट बग्ने कमला नदी भारतीय सहर जयनगर हुँदै गंगासागरमा मिल्छ ।

प्रतिकृया दिनुहोस