कुवेतमा नेपाली युवाको मृत्यु

Saptari death body

काठमाडौं । कुवेतमा सवारी दुर्घटनामा नेपाली एक युवाको ज्यान गएको छ ।

बुटवल १५ बेलाबासका ३१ बर्षिय टुक बहादुर रायमाझीको कुवेतको जिलिब स्थित बाटोमा हिडिरहेका बेला कारले ठक्कर दिएको हो ।

कार्गो टास्पोर्ट कम्पनीमा कार्यरत रायमाझीको १४ अगस्ट मंगलबार राती ज्यान गएको हो । उनको शव फर्वानिया अस्पतालमा राखिएको छ ।

राहादानी नम्बर ०९३१३२५९ का टुक बहादुर रायमाझी सडक दुर्घटनामा परी मृत्यु भएको पुष्टि गर्दै नेपाली राजदुत कुवेतका प्रथम सचीव भोगेन्द्र लिङ्देनले कुराकानी गर्दै भने – उनको शव नेपाल पठाउन र क्षतिपूर्तिका लागि सम्बन्धित निकाय र कम्पनीसग समन्वय भईरहेको बताए ।

कुवेत लगाएत खाडीमा ज्यान गुमाउने नेपाली कामदारको संख्या दिनप्रतिदिन ह्वात्तै बढेको छ । अगस्ट महिनामा मात्रै कुवेतमा ५ जना नेपाली कामदारको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस