नेपालकै होची महिलाको गुनासो : हाम्रो पहिचानका लागि देशले केही गरेन

Kalpana hochi

इटहरी । नेपालकै होची महिला बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ प्रकाशपुरमा जन्मिएकी कल्पना कविरथ हाल नगरको नजरमा पर्न सकेकी छैनन् ।

बराहक्षेत्र नगरपालिकाको एउटा गहनाकी रूपमा रहेकी १७ वर्षीया कल्पना कविरथ हाल नेपालकै होची महिला भएको भनी दाबी गरिरहँदा उनीप्रति नगरले भने हालसम्म कुनै ठोस योजना बनाउन सकेको छैन ।

नेपालकै सबै भन्दा अग्ला व्यक्ति राजन अधिकारी यसै ठाउँमा जन्मेर हाल नेपाललाई नै विश्वसामु चिनाइ सक्दा पनि यसै स्थानमा जन्मिएकी होची महिलाको समेत जन्म हुनुले नगरकै गौरव भएको बताउँछन् नेपाल रेडक्रस सोसाइटीका प्रकाशपुर संयोजक रविन घिमिरे ।

घिमिरे भन्छन्, ‘हालसम्म स्थानीय सरकारको नजरमा कल्पना नपर्नु आफैंमा दुर्भाग्य हो ।’

१७ वर्षीया कल्पनाको उचाई हाल २९ इन्च रेहेको छ । डोवर इङ्लिस वोर्डिङ स्कूलमा कक्षा ९ मा अध्यनरत कल्पना कविरथलाई अध्यन गराउने शिक्षक तथा यस विद्यालयक प्रिन्सिपल टङ्क विष्ट उनको पढाइ प्रतिको लगनशिलता र क्षमताको राज्यले कदर नगर्दा बरानगरलाई ठूलो घाटा लाग्ने बताउँछन् । उनी उचाइले होची भएपनि उनको जस्तो तेज दिमाख र मधुरता पन अरुमा नभएको विष्टले बताए ।

यता नेपालकै अग्ला व्यक्ति राजन अधिकारी भन्छन्, ‘राज्यले हामी जस्ता राष्ट्रिय स्तरका व्यक्तिलाई हेर्ने नजरनै नभएको आरोप लगाएका छन् । उनले भने, ‘नेपालमा हामीहरुको संरक्षण तथा व्यवस्थापन गर्ने कुनै कानुन बनेको छैन ।’ उनले आफूले आफ्नो अधिकार लिनसमेत नेपालको सम्पूर्ण मन्त्रालयको ढोका ढक्ढकाउदासमेत आफ्नो माग कुनै सरकारीस्तरमा सुनुवाइ नभएको बताउँदै कल्पनाको अधिकारका लागि आफू लाग्ने र हाम्रै ठाउँमा यस्तो व्यक्ति भएको जानकारी गराकोमा धन्यवादसमेत दिएका छन् ।

उनले भने, ‘अन्य नगरपालिकाले आफ्नो स्थानीयस्तरमा जन्मिएका यस्ता शारीरिक रुपमा अपाङगहरुको पहिचान गरी मासिक तलब भत्ताको व्यवस्था मिलाई सकेको र प्रदेश र केन्द्र सरकारसँग समेत प्रतिवेदन पठाइसकेकोले यस नगरपालिकाले आफू जस्ता व्यक्तिको हक हितका लागि नगरले केही नगरेकोमा अत्यन्त दुःख लागेको बताएका छन् ।

यता बराहक्षेत्र नगरपालिका उप–प्रमुख कमला मगरले नगरको नजरमा सञ्चारमाध्यमले गरेको सम्मान अतुलनीय रहेको बताएकी छन् । उनले भनिन्, ‘म यसै वडाको वासी भएको र मेरो समेत पहिला देखिनै ध्यान गएकोले हामी छिट्टै नगरस्तरबाट पाउने सेवा तथा सुविधा उपलब्ध गराउने र माथिल्लो निकायको ध्यानसमेत उनीतर्फ तान्ने काममा लाग्ने छु ।’

उनले यस्ता व्यक्तिहरुको हक र हितको लागि आफू निरन्तर लाग्ने र छिट्टै उनको सेवाको विषयमा र नेपालकै होची हुन् वा होईनन् भन्ने विषयमा समेत खोजी गर्ने बताएकी छन् ।

यता कल्पना कविरथ भन्छिन्, हामीलाइ स्थानीय सरकारले अहिलेसम्म केही नगरेको देख्दा दुःख लागेको छ । अन्य नगरपालिकामा हामी जस्ता व्यक्तिलाई सम्मान गरीसक्दा समेत बराहक्षेत्र नगरपालिका मौन बस्नुले नगरको ध्यान हामीतर्फ नभएको प्रष्ट देख्न सकिन्छ ।’

प्रतिकृया दिनुहोस