महाकाली नदीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीमा रोक

Koshi

कञ्चनपुर । पहाडी जिल्ला र चुरे क्षेत्रमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ ।

आइतबार महाकाली नदीको पानीको बहाव १ लाख ४७ हजार १ सय ५८ क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शनिबार रातीबाट नदीमा पानीको बहाव बढेको हो ।

नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाएको छ । पुलको सुरक्षाको कारण देखाउदै भारतीय पक्षले नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाउने गरेको छ ।

महाकाली नदीको बाढीको पूर्वानुमानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गर्ने गरिन्छ ।

दार्चुलाको दत्तुमा पानीको सतह ४ मिटर ५० सेन्टीमिटर छ भने डडेल्ुधराको परी गाँउमा पानीको सतह ५ मिटर ७० सेन्टीमिटर रहेको केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस