खुनालाई शहीद घोषणा, निर्मलाको परिवारलाई १० लाख राहत दिइने

Nirmala sanni

काठमाडौं । सरकारले कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा मारिएका शनि खुनालाई शहीद घोषणा गरेको छ ।

१३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा भएको प्रदर्शनका क्रममा १४ वर्षीय खुना शुक्रबार प्रहरीको गोली लागि मारिएका थिए । उनको मृत्यु भएपछि स्थानीयले शहीद घोषणा गर्न माग गरेका थिए ।

सरकारले खुनालाई शहीद घोषणा गर्दै खुनाका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रदर्शनका क्रममा खुनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ ।

त्यसैगरी सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको शव स्थानीय उखुबारीमा भेटिएको थियो ।

गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको शव स्थानीय उखुबारीमा भेटिएको थियो ।

पन्तको घटनाको छानबिनको मागका क्रममा भएका प्रदर्शनलाई उत्तेजक बनाउने प्रयास भइरहेका बेला मन्त्रीपरिषद्ले गम्भीर समीक्षासहित जिल्लास्थित सर्वपक्षीय बैठकको सुझाव समेतलाई ध्यान दिई सो निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचार गर्ने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउनेछ । 

प्रतिकृया दिनुहोस