अर्कै चालकले चलाउँदा डुंगा दुर्घटना, अझैं भेटिएन डुंगा

Dhunga rautahat

काठमाडौं । रौतहटको गौर नगरपालिका वडा नं. ४ को लालबकैया खोलामा भएको डुंगा दुर्घटना चालकले नचलाई अर्कैले चलाउँदा भएको खुलेको छ ।

नियमति चालक पप्पु सहनीले नचलाई अन्य व्यक्तिले नै चलाउँदा डुंगा दुर्घटना भएको उद्धार गरिएकाहरुको बैरिहिया हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा रहेका पत्रकार अभिमन्य पट्टेलका अनुसार सो डुंगा लालबकैया खोलामा डुंगा पल्टिएको थियो । हालसम्म पनि सो डुंगा फेला परेको छैन ।

उनीहरुको खोजी कार्यका लागि विहारतर्फका प्रहरी पनि लागेका छन् । सो खोलामा पानीको वहाव बढ्दै गएकाले तत्काल उद्धार गर्न कठिनाई भइरहेको छ ।

प्रतिकृया दिनुहोस