८२ वर्षे वृद्धाले दिए सम्बन्धविच्छेदको मुद्दा !

Sambandha biched

दोलखा । पत्याउन पनि कठिन हुनछ कि ८२ वर्षीय एक वृद्धले मुलुकी देवानी (संहिता) मा पत्नीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए भन्ने सुन्दा । तर, दोलखामा टेकेर ७६ वर्षीया पत्नीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको छ ।

नयाँ ऐन कुरेर बसेका ती वृद्धाले ८२ वर्षको उमेरमा आएर बल्ल इच्छा पूरा भएको बताएका छन् । ती वृद्धवृद्धा एकदशकदेखि अलग्गिएर बस्दै आएका थिए । उनीहरुबीच पाँच वर्षदेखि बोलचाल पनि बन्द थियो ।

नयाँ ऐन लागू भएयता भदौमा मात्रै ९ वटा सम्बन्धविच्छेदका घटना दर्ता भइसकेका छन् । तीमध्ये चार जना पुरुषले ‘पत्नीपीडित’ को जिकिर गर्दै मुद्दा दर्ता गराएका छन् । यही भदौ १ गतेदेखि लागू भएको नयाँ ऐनको अधिकार प्रयोग गर्दै साताभित्र चार जना पुरुषले जिल्ला अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएका छन् ।

ऐन लागू भएकै दिनदेखि पुरुषहरूले सम्बन्धविच्छेदको निवेदन दर्ता गराउन थालेको न्यायाधीश कमलराज विष्टले बताए । यसअघिको मुलुकी ऐनमा पुरुषले सीधै अदालतमा सम्बन्धविच्छेदको निवेदन दिने व्यवस्था थिएन । स्थानीय तहमा निवेदन गर्दै घुमाउरो प्रक्रिया पार गर्नुपर्थ्यो । तीन महिनाभित्र मेलमिलाप हुन नसके मात्रै अदालत पठाइन्थ्यो ।

प्रतिकृया दिनुहोस