रौतहटमा डुंगा पल्टियो, अझैं ३५ जना बेपत्ता

Dhunga 1

काठमाडौं । रौतहटको गौर नगरपालिका वडा नं. ४ को लालबकैया खोलामा डुंगा दुर्घटना भएको छ ।

साँझ साँढे ७ बजेतिर डुंगा पल्टिएको हो । सो खोलामा पुल निर्माण भइरहेको छ ।

सो डुंगामा झण्डै ४० जना जना भन्दा बढी सवार थिए । डुंगा लालबकैया खोलामा डुबेकामध्ये ५ जनाको उद्धार भएको छ भने अन्यको खोजी कार्यमा स्थानीय लागेका छन् । अझैं ३५ जना हराइरहेका छन् । 

घटनास्थलमा रहेका पत्रकार अभिमन्य पट्टेलका अनुसार अहिले घटनास्थलमा उद्धारका लागि जनपथ र सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको छ । 

सो नदीमा पानीको बहाव बढ्दै गएकाले उद्धारमा कठिनाई आएको छ । 

प्रतिकृया दिनुहोस