कञ्चनपुरका एसपी बिष्ट निलम्बनमा, डिएसपी र इन्स्पेक्टर तानिए प्रधान कार्यालयमा

विद्यार्थी उद्धार गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुर घटनाको छानविन अवधिभर एसपी डिल्लीराज बिष्टलार्इ निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ ।

डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दाका इन्स्पेक्टर एकेन्द्र खड्कालाइ प्रहरी प्रधान कार्यालयमा बोलाएको छ ।

शनिबार गृहमन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको थियो । बैठकमा सचिव प्रेमकुमार रार्इसहित तीनवटै सुरक्षा निकायका प्रमुख उपस्थित रहेका थिए ।

१३ वर्षीया छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई नगरेको स्थानियले आराप लगाएका छन् ।

प्रतिकृया दिनुहोस