बल्ल जंगिए ओली : ओलीको कडा निर्देशन, शंका लागे कसैलाई नछाड्नु

Kp oli

काठमाडौं । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका संलगनको कारवाहीको माग राख्दै कञ्चनपुरमा आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बल्ल कडा निर्देशन दिएका छन् ।

शुक्रबारसम्म सरकारले कञ्चनपुरमा भइरहेको आन्दोलनमा घुसपैठ भइरहेको बताउँदै आएको थियो । तर शुक्रबार भएको प्रदर्शनका क्रममा एक जनाको ज्यानै गएपछि प्रधानमन्त्री ओली पनि तातिएका छन् ।

शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई बोलाएर सो घटनामा शंका लागेका जति सबैलाई तुरुन्तै पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन कडा निर्देशन दिएका छन् ।

प्रहरीले निर्मालाको हत्यामा संलग्न भएको आरोपमा ४१ वर्षीय दिलिपसिंह बिष्ट, निर्मलाकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई शनिबार नै पक्राउ गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् । निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरासमेत शंकाको घेरामा छन् ।

स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाउँदै आएका छन् । प्रहरीले अर्ध पागललाई पक्राउ गरेर वास्तविक दोशीलाई जोगाउन खोजेको भन्दै कञ्चनपुरमा केही दिनयता आन्दोलन हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस