पहाडको भिरबाट लड्दा १ जनाको मृत्यु

Dead body

खोटाङ । घाँस काट्न गएका भिरबाट चिप्लिएर लड्दा एकको मृत्यु भएको छ ।

शुक्रबार बिहानको खाना खाएर बाख्रालाई घाँस काट्न हिँडेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ५६ वर्षिय वीरबहादुर बस्नेत घर नजिकैको बाघढुङ्गा भन्ने भिरमुनी मृत अबस्थामा फेला परेको प्रहरीको भनाई छ ।

शरीरको विभिन्न भागमा गहिरो चोट लागेका कारण उनको भिरमा चिप्लिएर लड्दा मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बिलाउनेको घाँस काट्ने क्रममा चिप्लिएको जस्तो देखिने ठाउँबाट करिब १०० मिटर तल बस्नेतको शव फेला परेको थियो । शवलाई पोष्टमार्टम गरी परिवारलाई जिम्मा दिइएको छ ।

प्रतिकृया दिनुहोस