ब्रेकिङ : कञ्चनपुरमा फेरि चल्यो गोली, एकको मृत्यु, केही घाइते

Kanchanpur goli

महेनद्रनगर । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा स्थानीयले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाएको छ । प्रहरकिो गोली लागि एक जनाको मृत्यु भएको छ ।

प्रहरीले चलाएको गोली लागी एक जनाको नाम मृत्यु भएको छ । उनको नाम खुल्न सकेको छैन । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा उनी घाइते भएका थिए ।

उनलाई तत्काल महाकाली अञ्चल लगिएको थियो । तर, केही बेरमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

मंगलबारदेखि प्रदर्शन गर्दै आएका स्थानीयले आज पनि महेन्द्रनगरमा उग्र प्रदर्शन गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास र हवाई फायर गरेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।

गोली लागेर घाइते भएकालाई महाकाली अञ्चल अस्पताल लगिएको छ । गोली टाउको, छाति र हातमा लागेको छ ।

प्रतिकृया दिनुहोस