गाडी बाढीले बगाएपछि यात्रुहरु हाम फालेर वाँच्न सफल

Bangad 514x300

जाजरकोट । सल्यानको बनगाड खोलामा आएको वाढीले बिहीवार गाडी बगाएको छ ।

खोला पार गर्दा गर्दै वाढी आएको थियो । यात्रुहरु हाम फालेर वाँच्न सफल भएपनि यात्रुहरुका झोला तथा अन्य सरसमान भने, खोलाले बगाएको छ ।

गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । उक्त गाडीलाई तत्कालै डोजरको सहायताले निकालिएको थियो । सो खोलामा निर्माणधीन पुल समयमा नबन्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

प्रतिकृया दिनुहोस