शेयर खुलेको मौका छोपी तामाकोशीमा नक्कली नोटको कारोबार

Note qhyc0eydpp

दोलखा । तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदन खुलेसँगै सर्वसाधारणको भिड र नोटको कारोबार बढेको मौका छोपी नक्कली नोटको कारोबार भएको पाइएको हो ।

भदौ ५ गते चरिकोटस्थित एक बैंकमा एक हजार दरका १२ थान जाली (नक्कली) नोट फेला परेपछि यस्तो खुलासा भएको हो । बैंकले एक हजार दरका १२ थान जाली नोट फेला परेपछि प्रहरीलाई खबर गरेको थियो ।

नक्कली नोटका विषयमा आवश्यक अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

प्रहरीले सम्पूर्ण नागरिक, शेयर सदस्य तथा बैंक तथा वित्तीय संस्थालाई ध्यान दिन, सचेत, सजक रहन अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस