सिन्धुलीमा केरा खेतीबाट आम्दानी

Banana

सिन्धुली । सिन्धुली खाङसाङका व्यावसायिक किसानले केरा खेती गरेर राम्रो आम्दानी गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा कमलामाई नगरपालिका र फिक्कल खाङसाङका किसानले हाईब्रिड जातको चिनी चम्पा, गोपाल जातका केराका बिरुवा रोपेको एक वर्षमा कृषकहरु केरा खेतीप्रति आकर्षित भएका छन् ।

केरा महोत्तरीको बर्दिवास, जनकपुर र काठमाडौंका बजारसम्म पुग्ने गरेको छ । सिन्धुलीका बजारमा केरा प्रतिदर्जन पचासदेखि एकसय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस