विधुर पुरुषलाई पनि भत्ता !

Nagarpalika

बैतडी । बैतडी नगरपालिकाले विधुर एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ ।

चालू आर्थिक वर्षको साउनबाट ६० देखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता मासिक एक हजार रुपैयाँ दिने उपप्रमुख राधा ओझाले जानकारी दिइन् ।

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुनेगरी भत्ताको व्यवस्था गरिएको ओझाले बताइन् ।

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले बताए । नगरका ९ ओटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस