प्रहरी हुँ भन्दै सर्वसाधारण धम्क्याउने व्यक्ति पक्राउ

Pakrau

काठमाडौं । प्रहरी हुँ भन्दै सर्वसाधारण धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका ६ घर भइ माछापोखरी बस्दै आएका २४ वर्षीय बिज्ञान दाहाल रहेका छन् । बिहीबार स्थानीय वासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।


दाहालले काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क मित्रनगरका सर्वसाधारणलाई धम्क्याएका थिए ।स्थानीयले प्रहरीलाई बुझाएपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस