सात वर्षीया बालिका बलात्कृत

7years

भैरहवा । रुपन्देहीमा एकजना ७ वर्षीया नाबालिका बलात्कृत भएकी छिन् ।

कंचन गाउँपालिका-३ धमिरातालकी सिता घरमा सुतिरहेको अवस्थामा सोही स्थानका २० वर्षीय विकल पुनले उनलाई जबरजस्ती करणी गरेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए ।

बलात्कृत नबालिकाको घर धादिङ हो । उनी आफ्नो मामा घर धमिरातालमा बसेर कक्षा ३ मा अध्ययन थिइन ।

पक्राउ परेका पुन बालिकाको मामाका साथी रहेको बताइएको छ । राति करिब ११ बजे नबालिकाको सुतिरहेको अवस्थामा घरभित्र पसेर उनले नबालिकालाई जबरजस्ती करणी गरेको गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक जीवराज ढुंगानाले बताए ।

पक्राउ परेको पुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस