पहिरोको कारण सवारी साधन आवातजावत ठप्प

Pachathar

पाँचथर । पाँचथरको हिलिहाङ गोपेटारको आकाशेमा पहिरो झरेपछि सवारी साधन आवातजावत बन्द भएको छ ।

गएराति परेको वर्षाका कारण पहिरो झर्दा ताप्लेजुङबाट पाँचथरको फिदिमतर्फ आउने र फिदिमबाट ताप्लेजुङतर्फ जाने सवारी साधान आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानीयबासी, प्रहरी तथा हिलिहाङ गाउँपालिकाको पहलमा ल्याइएको स्काभेटरले अहिले पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका प्रमुख भुवानी प्रसाद लिङदेनले बताए ।

प्रतिकृया दिनुहोस