पन्त घटनाका घाइतेको निःशुल्क उपचार : गृहमन्त्री थापा

Rambahadur thapa

काठमाडौँ । कञ्चनपुर घटनामा घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

बिहीबार आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेकालाई शुक्रबार अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकालाई सरकारले उपचार गर्ने बताए ।

बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई खोजी कारबाही गर्नुपर्ने मागसहित आन्दोलन गर्दा थुप्रै आन्दोलनकारी घाइते भएका थिए ।

गृह मन्त्रालयले बिहीबार मात्र पन्तको हत्याबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

 

प्रतिकृया दिनुहोस