लागुऔषधसहित तीनजना पक्राउ

Pagal haru

महोत्तरी । औरही नगरपालिका १ फुलबारियाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ परेको छ ।

प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा बिहीबार स्थानीय अरविन्द कापर, प्रविण कापर र अनिल कापरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट नाईटोजाम टयाब्लेट भन्ने प्रतिबन्धित लागुऔषध १६ थान बरामद गरिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस