सप्तरीमा दुई जनाको मृत्यु

Saptari death body

सप्तरी, सिमरा । सप्तरीको छुट्टाछुटै ठाउँमा भएको घटनामा २ जनाको मृत्यु भएको छ ।

बिहीबार तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको खोजतलास गर्ने क्रममा साँझ ७५ वर्षीय इन्द्रमणी राई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् ।

सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

प्रतिकृया दिनुहोस