विङ्गर दुर्घटनामा ४ जना  गम्भीर घाईते

Birang durbhatna

प्युठान । बाग्दुलामा विङ्गर दुर्घटना  हुदा चालकसहित ४ जना  गम्भीर घाईते भएका छन् ।

दाङ देखि भालुवाङ तर्फ जाँदै गरेको भे१ ज८४३  नं.को विङ्गर  शुक्रबार बिहान सरुमारानी गाउपालिका–४ बड्डडाडा नजिक ैरातामाटामा दुर्घटना  भएको हो ।

विङ्गर चालक देउखुरीको राप्ती गाउपालिका २ का ३० बर्षिया मीन बहादुर नेपाली, माण्डवि ३ का ३५ बर्षिया मीन बहादुर खनाल, मरण्ठाना प्युठानका पुर्ण बहादुर थापा र तुलसीपुरका  ३४ बर्षिया खिम बहादुर बिक दुर्घटनामा घाइते भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

गम्भीर घाईते ४ जनाको दाङको भालुवाङमा प्राथमिक उपचारपछि भैरहवा रिफर गरिएको  बुढाथोकीले  बताए  । प्रहरीका अनुसार ओरालो र घुम्टी बाटोमा तिब्र गतिका कारण सो विङ्गर दुर्घटनामा परेको हो ।

 

प्रतिकृया दिनुहोस