बाढीले माइक्रो बस बगायो

Mirobus

सल्यान ।  सल्यानको बनगाड खोलामा बाढीले माइक्रो बस बगाएको छ ।

खोला पार गर्ने क्रमका बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो ।

यात्रुहरुले हाम फालेर ज्यान जोगाए सफल भएपनि यात्रुहरुका झोला लगायतका सामान बगेको छ। ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो । उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ ।

समयमै पुल निर्माणको काम नसकिँदा बाढीले बगाएको स्थानीयरुको भनाई छ । लामा कन्सट्रक्स कम्पनीलाई पुल निर्माणको जिम्मा लिएको छ ।

 

प्रतिकृया दिनुहोस