पृथ्वीराजमार्ग अवरुद्ध, एकतर्फी सुचारु गर्न तयारी

Thakre jam 2

धादिङ । पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

थाक्रे गाउँपालिका-३ को भुमेस्थान र ५ को जुङेखोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि निकैलामो सवारीको लाइन लागेको छ । अवरुद्ध राजमार्ग एकतर्फी सुचारु गर्न सडक डिभिजनका २ वटा लोडर र डोजर प्रयोग गरिएको छ ।

प्रतिकृया दिनुहोस