दुई वटा पानी उद्योगहरुमा कोलिफर्म भेटियो

Kolifarm

चितवन । चितवनका दुई वटा पानी उद्योगहरुबाट पानीमा कोलफर्म भेटिएको छ ।

भरतपुरस्थित आईसल्याण्ड ड्रप र खैरहनीको ओम जल उद्योगमा कोलिफर्म भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए ।

कोलिफर्म भेटिएपछि ती उद्योगविरुद्ध मुद्दा चलाइएको छ । तिवारीका अनुसार यही साउन ३० गते ती उद्योगहरुलाई मुद्दा चलाइएको हो । मुद्दा चलाएको एक साताअघि ती उद्योगहरुको पानी क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा परीक्षण गरिएको थियो ।

उनीहरुलाई खाद्य ऐनअनुसार जिल्ला प्रशासन कार्यालयले कारबाही गर्नेछ ।

प्रतिकृया दिनुहोस