एक लाख २९ हजार सवारी थपिए बागमतीमा

Ratnapark traffic jam

काठमाडौं । एक बर्षमा एक लाख २९ हजार सवारीसाधन बागमती अञ्चलमा थपिएका छन् ।

आर्थिक बर्ष २०७४ र ७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्र्याइएका यातायात व्यवस्था विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा बर्षेनि अत्याधिक मात्रामा सवारीसाधन भित्र्याउने क्रम बढेसँगै ट्राफिक जाम बढ्न थालेको छ ।

बागमतीमा गत आवमा एक लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र सानाठूला सवारी २५ हजार १ सय १३ थपिएका हुन् ।

आव २०७३ र ७४ मा बागमती अञ्चलमा एक लाख २० हजार सवारीसाधन दर्ता भएका छन् । त्यसभन्दा अघिल्लो बर्ष भने ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएका थिए ।

प्रतिकृया दिनुहोस