मलेसियामा कामदार पठाउने सम्झौता

Bidesh

काठमाडौं । मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ ।

सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ ।

बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायतका नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन ।

अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउनेछैनन् ।

प्रतिकृया दिनुहोस