सामान्यदेखि ठूलो वर्षा हुने, सप्तकोशी, महाकाली, कर्णाली र कन्काई पानीको बहाव बढ्ने

Raining

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार अहिले देशभरीकै मौसम बदली भएको छ । केही ठाउँमा पानी पनि परिरहेको छ । मनसुन सक्रिय भएकाले अहिले केही ठाउँमा ठूलो पानी परेको मौसमविद्को अनुमान छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपाल माथि रहेकाले अबको तीन दिन हिजो अस्तिको भन्दा धेरै पानी पर्ने संभावना छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ भने केही ठाउँमा झरीको संभावना छ । मौसमविद् समिर श्रेष्ठले भन्नुभयो ‘मौसम खुलेजस्तो भए पनि फेरि बदली हुने छ ।’

यसैबीच आज सप्तकोशी, महाकाली, कर्णाली र कन्काईमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र तथा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, रौतहटलगायत तराईका चुरे र पहाडबाट बहने नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन शाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस